Logo

कोरोना विरुद्धको खोप लगाएका नागरिकलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट पाईने

कोरोना विरुद्धको खोप लगाएका नागरिकलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट पाईने



काठमाडौं । चन्द्रागिरि केवलकारमा अव कोरोना भाईरस विरुद्धको खोप लगाएका नागरिकहरुलाई २५ प्रतिशत छुट पाईने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका ग्राहकहरुलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले बिश्वास लिएको छ । उक्त योजना वैशाख ९ गतेबाट शुरू भइ जेठ १७ गतेसम्म मान्य हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL