काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटअप बक्स) मा समेत क्षति पुगेपछि डिशहोमले सहयोग गरेको हो । त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन…