काठमाडौं । रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा गहिरो बादल मडारिरहेको छ । द्वन्द्वबाट प्रेरित वस्तुहरूको अन्तर्राष्ट्रिय लागतमा भएको वृद्धिले भारतमाथि एउटा दबाव उत्पन्न गरिरहेको छ । भारतले कोभिड–१९ महामारीको दुई घातक लहरपछि आर्थिक सुधारको पुनः प्राप्तिको प्रयास गरिरहेको छ । महामारीको बेला दक्षिण एसियाली मुलुक भारतले लागु गरेको कडा लकडाउनले यसको वृद्धिलाई तलतिर…