काठमाडौं । जापानको अग्रणी सवारी उत्पादक कम्पनी सुजुकी मोटर कर्पोरेशनले भारतमा विद्युतीय सवारी उत्पादनमा ठूलो लगानी गर्ने भएको छ । कम्पनीले सुजुकी इन्डिया इन्भेस्टमेन्ट अन्तरगत १ अर्ब २६ करोड डलर ( करीब डेढ खर्ब रुपैयाँ) लगानी गर्ने योजना बनाएको हो । यही लगानीबाट भारतमा विद्युतीय सवारी साधन र ब्याट्री उत्पादन गर्ने कारखाना स्थापना हुनेछ ।…