काठमाडौं । संघीय संसदको बजेट अधिवेशन जेठ ३ देखि शुरू हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार ३ गतेका लागि अधिवेशन डाकेकी हुन् । संसदको बजेट अधिवेशन डाकिएसँगै अब संसदमा प्रि बजेट छलफल शुरु हुने भएको छ । जेठ ३ गते नै बजेटका सिद्दान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिने अर्थमन्त्रालयले जनाएको छ…