काठमाडौं । रुसले कच्चा तेलको मूल्य प्रति ब्यारेल ३ सय डलर पुग्न सक्ने चेतावनी दिएको छ । एक वरिष्ठ रुसी मन्त्रीले सोमबार पश्चिमी देशहरूले तेलको मूल्य प्रति ब्यारेल ३०० डलरभन्दा बढी र रुस–जर्मनी ग्यास पाइपलाइनको बन्दको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार वाशिंगटन र युरोपेली सहयोगीहरूले रूसी तेल आयातमा प्रतिबन्ध…