काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आइतबार सम्पन्न ३४औं वार्षिक साधारण सभाले उक्त लाभांश सर्वसम्मतिले पारित गरेको हो । चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सो बापत कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ वितरण गरिने कम्पनीले…