Logo

नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे यरिचाेकमा

नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे यरिचाेकमा



काठमाडौं । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृतसमता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरि उक्त शाखा उद्घाटन गरेका हुन् ।

laxmi

उक्त समाहरोह नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्क बहादुर पोखरेल विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिएका छन् । यस्तै उनले उक्त शाखाले नाफा मुखी मात्र नभएर सहज ,शुलभ, विश्वनिय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गरे ।

साथै विशिष्ठ अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बैंकहरुलाई दुर्गम लक्षित सेवा बढाउन आग्रह गर्दै सुभकामना व्यक्त गरेका छन् । उक्त कार्यक्रममा प्रमुख अथिति, विशिष्ठ अतिथि, विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL