काठमाडौं । नेपाल राष्ट्र बैंकले यहिँ शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको छ । सो दिन मौद्रिक नीतिको ९ महिने समीक्षा ल्याउनका लागि राष्ट्र बैंकले संचालक समितिको बैंठक समेत बोलाएको छ । पछिल्लो समय भुक्तानी सन्तुलनमा आएको सुधार, विदेशी मुद्राको बढ्दो सञ्चिति तथा रेमिटान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएपछि अहिले…