Logo

हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार सुरु, अध्यक्ष अग्रवालले लिए सपथ

हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार सुरु, अध्यक्ष अग्रवालले लिए सपथ



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार आज मंगलबारदेखि सुरु भएको छ । प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ मर्जर भएपछि कम्पनीले मंगलबारदेखि पहिलोपटक एकिकृत कारोबार थालेको हो । यससँगै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्षले नवनियुक्त अध्यक्ष अग्रवालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मर्जर पछि सञ्चालक समितिमा साविक तीन वटै कम्पनीबाट दुई दुई जनाको प्रतिनिधित्व रहेको छ । जसमा साविक युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभ अग्रवाल सहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै साविक प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिला केसी थापा नियुक्त भएका छन् । साविक गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । साविक युनियन लाइफकै कम्पनी सचिव इश्वर कुमार सेढाइले निरन्तरता पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL