Logo

इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानबाट ल्याइँदै (नामावलीसहित)

काठमाडौँ । हमास आक्रमणका कारण द्वन्द्वग्रस्त इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ नेपाली नागरिक तेल अभिभबाट इण्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’, उनले सुनाए…