प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद…