Logo

नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, विश्वव्यापी वृद्धि लगातार तेस्रो वर्ष सुस्त

नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, विश्वव्यापी वृद्धि लगातार तेस्रो वर्ष सुस्त



काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स रिपोर्टअनुसार चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको विश्व बैंकले आगामी वर्षमा ५ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको हो ।

laxmi

नेपालले गत आर्थिक वर्ष २०२२/२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यस्तै, दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । भारतले ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

यसपछि, बङ्गलादेशले ५.८ प्रतिशत वृद्धि हासिल गर्ने र तेस्रो स्थानमा मालदिभ्सले ५.५ प्रतिशत वृद्धिदर भेट्टाउने विश्व बैंकको प्रक्षेपण छ । यसपछि नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकले जनाएको छ । यस्तै, भुटानले ४.६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दा पाकिस्तान र श्रीलंकाले समान २.४ प्रतिशते वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।

विश्व बैंकले विश्वव्यापी वृद्धि लगातार तेस्रो वर्ष सुस्त हुने प्रक्षेपण गरेको छ । गत वर्ष २.६ प्रतिशतबाट झरेर २०२४ मा २.४ प्रतिशत रहने विश्व बैंको प्रक्षेपण छ । यस्तै विकासशील अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो दशकको औसतभन्दा एक प्रतिशतभन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL