काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने निर्णय गर्नका लागि भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कर्पोरेट कार्यालय, नक्साल, काठमाडौंमा १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।…