काठमाडौं । पूर्वी नेपालबाट यस वर्षको मनसुनी वायु भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) मनसुनी वायु नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको हो । नेपालमा सरदरमा १३ जूनमा मनसुन शुरू हुन्छ । यस वर्ष भने १० जून अर्थात् सरदरभन्दा तीन दिनअघि नै मनसुनी वायु प्रवेश गरेको विभागले जनाएको छ ।…