काठमाडौं । भारतले उच्च गतिका आठवटा राष्ट्रिय राजमार्गले देशको मुहार फेर्ने योजना अघि सारेको छ । भारतको केन्द्र सरकारले सोका लागि ५०,६५५ करोड भारुको परियोजनालाई स्वीकृत गरेको छ । भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्को आर्थिक मामिला समितिले ९३६ किलोमिटर लामो ८ राष्ट्रिय राजमार्ग निर्माणलाई अनुमोदन गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरूको व्याख्या गर्दै केन्द्रीय मन्त्री अश्विनी वैष्णवले…