Logo

अर्थमन्त्री र सिएनआईका पदाधिकारीबीच भेट,निर्यात वृद्धिका लागि हातेमालो गर्ने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले मन्त्रालयको कार्यकक्षमा भेट गरी बधाइ ज्ञापन दिएका छन् । परिसंघका अध्यक्ष हरिभक्तशर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले हाल अर्थ व्यवस्थामा न्यून पूँजीगत खर्च, उच्च मुद्रास्फीति दर, डरलाग्दो व्यापार घाटा र न्यूनआर्थिक वृद्धिजस्ता संरचनात्मक जटिलता रहेकाले यी क्षेत्रमा मन्त्रालयले ध्यानदिनु पर्ने धारणा राखेको थियो ।…