काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिले सम्भाव्य जलाशययुक्त आयोजनाको पहिचान,प्राथमिकीकरण र सो क्षेत्रभित्र वा वरिपरी निर्माण हुने अन्य पूर्वाधार आयोजनाको सम्वन्धमा दुई महिनाभित्र मापदण्ड र योजना तयार गर्न निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले उर्जालगायत अन्य मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय योजना आयोगलाई यस्तो निर्देशन दिएको हो । त्यस्तै बुढीगण्डकी आयोजनालाई कार्यन्वयन गर्न जग्गा…