Logo

पहिलो चरणको स्थानीय निर्वाचन सुरु

पहिलो चरणको स्थानीय निर्वाचन सुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुई दशकपछि नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन आज सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान केन्द्रमा मतदानको काम भइरहेको छ । बेलुका पाँच् बजेसम्म मतदानको प्रक्रिया जारी रहनेछ ।


सङ्घीय संरचनामा प्रवेश गरेपछि नेपालले कुनै किसिमको निर्वाचन गरेको यो पहिलो पटक । पहिलो चरणमा प्रदेश तीन, चार र छ मा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुार आइतबार ३४ जिल्लाको ६ हजार ६ सय ४२ मतदान केन्द्रमा निर्वाचन हुँदैछ । निर्वाचनमा ४९ हजार ३ सय ३७ उम्मेदवारले प्रतिस्पर्धिा गर्दैछन् र त्यसमध्य ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् ।

निर्वाचनबाट २ सय ८३ जना अध्यक्ष वा नगरप्रमुख निर्वाचन हुँदैछन् । त्यस्तै दुई हजार ५ सय ९८ जना वडाध्यक्ष नर्वाचित हुँदैछन् । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ जना मतदाता सहभागि हुने जनाइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL