काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरु चुनावी क्षेत्रमा खटिएका छन् । आ–आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरु चुनावी क्षेत्रमा खटिएका हुन् । आजैमात्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार छाडेर धनगढीतर्फ लागेका छन् । उनले आज धनगढीको कार्यक्रमलाई सम्बोधन गरेर एक हप्ता डडेलधुरामा विताउने कार्यक्रम रहेको छ…