जकार्ता । इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको समाचार छ । विशेषगरी मुस्लिम देश तथा अन्य देशहरुमा पनि इस्लामिक अतिवादीहरुले क्रिसमसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको हो । यसैबीच इन्डोनेसियाको राजधानी जकार्तामा पनि यसै प्रयोजनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको अधिकारीहरुले जनाएका…