Logo

अफगानस्थानी सुरक्षा फौज र तालिवान लडाकुबीच भिडन्त, १६ जना लडाकू मारिए

अफगानस्थानी सुरक्षा फौज र तालिवान लडाकुबीच भिडन्त, १६ जना लडाकू मारिए


बिजखबर संवाददाता
27
Shares

अफगानिस्तान । अफगानिस्तानको सुरक्षा फौजले चलाएको विषेश सुरक्षा कारबाहीमा परी १६ जना तालिवान लडाकूहरु मारिएका छन् ।
पुर्वी पाक्तिका प्रान्तमा रातभर भएको भिडन्तमा उनीहरु मारिएको स्थानीय प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
पाकिस्तानको सीमा क्षेत्रमा पर्ने गायान जिल्लामा भएको भिडन्तका क्रममा अरु ६ जना तालिवानी लडाकूहरुलाई नियन्त्रणमा लिइएको उनीहरुले बताएका छन् ।
प्रान्तीय प्रहरीका प्रवक्ता शाह मोहाम्मद अर्यानले जिल्लाको स्टैर गायान क्षेत्रबाट तालिवान लडाकूहरु लखेट्नका लागि सुरक्षा फौजले संयुक्त अभियान नै चलाएको जानकारी दिए ।
मारिनेमा गायान जिल्लामा कार्यरत तालिवानको छायाँ गभर्नर चाम्टो खान पनि रहेको उहाँले बताए ।

अफगान सुरक्षा फौजले देशभरका विभिन्न ठाँउमा तालिवान लडाकू र आईएस लडाकूका विरुद्धमा कडा सुरक्षा कारबाही चलाईरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL