काठमाडौं । एसओएस बालग्रामले काभ्रेको एक विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेको छ । संस्थाले पनौती नगरपालिका १ स्थित शान्ति निकेतन माविलार्ई ४ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन हस्तान्तरण गरेको हो । वि.सं. २०७२ सालको शक्तिशाली भूकम्पबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि संस्थाले सो भवन विद्यालयकै हाताभित्र निर्माण गरिरहेको थियो । एसओएस इन्टरनेशनलका…