काठमाडौं । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सरकारी संस्थानका रूपमा रहेका उत्पादनमूलक उद्योगहरू सञ्चालनको मोडालिटी तय गर्न सरकारलाई आग्रह गरेको छ । विभागमा प्रमुख मोतीलाल दुगडसहितको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर धेरै राम्रा उद्योगले पनि प्रतिफल दिन नसकेकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालनको तयारी गर्न सुझाव दिएको हो…