Logo

१६ करोड बढी ग्राहक भएको भोडाफोन-आइडिया टाट पल्टिदै, १० वर्षमा ९४% ले घट्यो सेयरको मूल्य

१६ करोड बढी ग्राहक भएको भोडाफोन-आइडिया टाट पल्टिदै, १० वर्षमा ९४% ले घट्यो सेयरको मूल्य



काठमाडौं । भारतको तेस्रो ठूलो दूरसञ्चार कम्पनी भोडाफोन–आइडिया हाल कठिन अवस्थाबाट गुज्रिरहेको छ र कम्पनीमा खतराको घण्टी बजिरहेको छ । कम्पनीको अवस्था यस्तो बनेको छ कि यो एक वर्ष भित्र टाट पल्टिने अवस्थामा पुग्न सक्छ । यो दाबी कम्पनी आफैंले गरेको हो ।

भोडाफोन–आइडियाले सरकारलाई सहयोगको लागि अपील गरेको छ र यदि सरकारले सहयोग गरेन भने कम्पनीले आगामी १० महिना भित्र टाट पल्टिने प्रक्रिया सुरु गर्न राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसिएलटी) मा जान सक्ने बताएको छ ।

के भोडाफोन-आइडिया टाट पल्टिनेछ ?

भोडाफोन–आइडिया आफैंले सरकारलाई अपील गरेको छ कि यदि उनीहरूले सरकारी सहयोग पाएनन् भने आर्थिक वर्ष २०२५–२६ पछि आफ्नो व्यवसायलाई निरन्तरता दिने छैनन् । कम्पनीले अन्ततः आफूविरुद्ध टाट पल्टिएको कारबाही सुरु गर्नुपर्ने हुन सक्ने बताएको छ र एनसिएलटीको ढोका ढकढक्याउने बारेमा कुरा गरेको ।

भोडाफोनमाथि ठूलो ऋण छ

भोडाफोन आइडिया ठूलो ऋणमा डुबेको छ । कम्पनीमाथि २ लाख करोड भारतीय रुपैयाँभन्दा बढीको ऋण छ । कम्पनीले १.९५ लाख करोड भारतयि रुपैयाँको समायोजित कुल राजस्व (एजिआर) तिर्न बाँकी छ । कम्पनीले सरकारी सहयोग बिना यो बक्यौता तिर्न नसक्ने स्पष्ट पारेको छ । यदि कम्पनी टाट पल्टियो भने सरकारले स्पेक्ट्रम बिक्रीबाट १.१८ लाख करोड भारतीय रुपैयाँ पनि असुल गर्न सक्नेछैन ।

सेयर र ग्राहकहरूको के हुन्छ ?

यदि भोडाफोन–आइडियाले टाट पल्टिएको निवेदन दियो भने, यसले कम्पनीका १६ करोडभन्दा बढी ग्राहकहरूलाई असर गर्नेछ । यसको प्रभाव ५९ लाख बढी सेयरहरूमा पनि देखिनेछ । यदि यो दूरसञ्चार कम्पनी टाट पल्टियो भने, ग्राहकहरूसँग पहिलेभन्दा कम विकल्पहरू बाँकी रहनेछन् । दूरसञ्चार उद्योगमा प्रतिस्पर्धा पनि कम हुनेछ । साथै, यो निर्णयले भोडाफोन आइडियाको शेयरमा लगानी गरेका शेयरनीहरूलाई असर गर्नेछ । भोडाफोन आइडियाको सेयर पछिलला १० वर्षमा ९४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्