काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको १ नम्बर प्रदेशको अध्यक्षमा टिकाराज ढकाल सर्वसम्त निर्वाचित भएका छन् । आज भएको उम्मदेवारी मनोनयन कार्यक्रममा उनको विपक्षमा उम्मेदवारी नै नपरेपछि सर्बसम्मत निर्वाचित भएका हुन् । प्रदेश नम्बर १ का नवनिर्वाचित अध्यक्ष टिकाराज ढकाल महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा पूर्व अध्यक्ष चण्डीराज ढकाल समुहका उम्मेदवार हुन् ।…