आर्थिक वृद्धि र गरिबी न्यूनिकरणको लक्ष प्राप्तिको लागि अन्तर्मुखी एवं राज्यकेन्द्रित आर्थिक नीति प्रभावकारी हुन नसकेको अनुभूति सन् १९७० को दशकमै धेरैजसो विकासशील मुलुकहरुले गरेका हुन् । यस वास्तविकतालाई बाह्य क्षेत्र अभिमुख उदार आर्थिक नीति अवलम्वन गरेका अन्य मुलुकहरुको सफल अनुभवले पनि पूष्टि गर्यो । फलस्वरुप अधिकांश मुलुकहरुले उदार अर्थ नीति अवलम्वन गर्दै विभिन्न सुधारहरु…