काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको बताएका हुन् । ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार गर्न पाउने छन् । प्रदेश नं १ मा…