Logo

नेपाल क्लियरिङ हाउसको साधारणसभा, लगानीकर्तालाई ४० प्रतिशत लाभांस, तीन जना संचालक चयन

नेपाल क्लियरिङ हाउसको साधारणसभा, लगानीकर्तालाई ४० प्रतिशत लाभांस, तीन जना संचालक चयन



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत लाभांस वितरण गर्ने बताएको छ । कम्पनीको जुम प्लयाटफर्ममार्फत आज बसेको नवौँ बार्षिक साधारणसभाले ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक बर्ष २०७६ र ७७ को चुक्ता पूँजी २९.८ करोड रहेकोमा ४० प्रतिशत लाभांस वितरण गरी ४१.१ करोड पुर्याउने निर्णय गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।

laxmi

कम्पनीको २०७६÷७७ माकम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धी भएतापनि कम्पनीको खुदनाफा २२ दशमलव २ प्रतिशतले घटेको छ । त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ । कम्पनीको खुद नाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्त सम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् ।

यसैगरी साधारणसभाले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्नै ३ जना नयाँ संञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने संञ्चालकहरुको कार्यकाल समाप्त भए नयाँ संचालक चयन गरेको हो । जसमा हिमालयन बैंकका जनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका आई.टि. प्रमुख सृजन मल्ल निर्वाचित भएका हुन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना संचालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL