काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज…