Logo

विश्वासको मत पाएसँगै बजेट संशोधनको तयारीमा देउवा सरकार, पछि धकेलियो मौद्रिक नीति

विश्वासको मत पाएसँगै बजेट संशोधनको तयारीमा देउवा सरकार, पछि धकेलियो मौद्रिक नीति



काठमाडौं । संसदबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकार बजेट संशोधनको तयारीमा जुटेको छ । विश्वासको मत पाएर १७ महिना देश संचालन गर्ने जिम्मा पाएको देउवा सरकारले तत्कालिन प्रधानमन्त्री ओली सरकारले ल्याएको बजेट संशोधनको तयारी गरेको हो ।

तत्कालिन सरकारले ल्याएको बजेटलाई आफु अनुकुल बनाएर देश संचालनको लागि बजेट संशोधनको तयारी गरिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । ओली सरकारले ल्याएको बजेटलाई टेवुल गरिने र त्यहिबाट बजेट संसोधन गरिने समेत स्रोतको भनाई छ । हाल ओली सरकारले ल्याएको बजेट राष्ट्रिय सभामा पेश भईसकेको र आर्थिक बर्ष सुरु भएदेखि नै उक्त बजेट कार्यान्यनमा आईसकेकाले देउवा सरकारले नयाँ बजेट ल्याउन नमिल्ने अवस्था छ । तर ओलीले ल्याएको बजेटमा असन्तुष्ट जनाउँदै आएको कांग्रेस र माओवादीले बजेटलाई आफ्नो सरकारले राज्य संचालन गर्न सहज हुनेगरी संशोधनको तयारी गरेको हो ।

यस अघि बजेट ल्याउँदा प्रधानमन्त्री र उनका वरपर रहेका नेताको जिल्लामा मात्रै बढि बजेट विनियोजन गरिएको आरोप लागेको थियो । तर अबका दिनका त्यसरी विनियोजन गरिएको बजेटलाई कटौती गरेर समावेशी तरिकाले बजेट संशोधनको तयारी गरिएको समेत अर्थ स्रोतले जानकारी दिएको छ। यस अघि अर्थमन्त्री जनार्दन शर्माले पनि सरकारले विश्वासको मत पाएसँगै बजेट संशोधनको विषय अघि बढाईने बताएका थिए ।

पछि धकेलियो मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले साउनको पहिलो साताभित्रै ल्याउने भनेको आर्थिक बर्ष २०७८÷७९ को मौद्रिक नीति पनि पछि धकेलिएको छ । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ल्याएको बजेटलाई कार्यान्यनमा ल्याउन सहयोगी हुनुपर्ने तर हालको बजेटनै संशोधन हुने भएपछि मौद्रिक नीति ल्याउने समय पछि धकेलिने भएको हो ।

हाल मौद्रिक नीति ल्याउने सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल भैरहेको र नयाँ सरकार आएका कारण तोकिएको समयमा मौद्रिन नीति नआउने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । यस अघि राष्ट्र बैंकले साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने बताएको थियो भने सोही अनुरुप तयारी समेत पुरा भएको बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL