काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूखिम्ती प्रसारण लाइन केन्द्रको शनिबार उद्घाटन गर्ने भएका छन् । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको देशकै दोस्रो ठुलो न्यूखिम्ती प्रसारण लाइन केन्द्रको प्रधानमन्त्री देउवाले शनिबार सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ ।…