Logo

एभरेष्ट बैंकद्वारा थिमी र काँडाघारीमा नयाँ शाखा सञ्चालन, शाखा संख्या ११२ पुग्यो

एभरेष्ट बैंकद्वारा थिमी र काँडाघारीमा नयाँ शाखा सञ्चालन, शाखा संख्या ११२ पुग्यो



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडांैको काँडाघारीमा आफ्नो नयाँ शाखाहरु २ चैत्र, २०७८मा उदघ्टन गरेको छ ।

laxmi

थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक नबीन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी,काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नबीन भक्त श्रेष्ठ र कागेश्वरी मनहरानगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल रहेका छन ।

बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । यसै उदघाटन समारोहमा सञ्चालक नबीन भक्त श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।

स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११२ शाखा संजाल, प्रादेशिक कार्यालय, १४५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइलर इन्टरनेटर एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL