काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ । गत मंगलबार प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । माओवादी द्वन्द्वकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए । सोमबार प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई…