काठमाडौं । सरकारी तथ्यांकअनुसार पछिल्लो समय नेपालमा महँगी घटेको छ । तर, उपभोक्ता भने बजार भाउ अचाक्ली भएको भन्दै दैनिक गुजारा चलाउन पनि हम्मेहम्मे परिरहेको बताउँछन् । नेपाल राष्ट्र बैंकले चैत्र २८ गते प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोही अवधिको तुलनामा मूल्यवृद्धि घटेको हो । अघिल्लो वर्षको सोही महिनामा…