Logo

बिजखबर समाचार प्रभाव : कृषि विकास बैंकले हटायो सिआरएन रजिष्ट्रेसन शुल्क

बिजखबर समाचार प्रभाव : कृषि विकास बैंकले हटायो सिआरएन रजिष्ट्रेसन शुल्क



काठमाडौं । कृषि विकास बैंकले सि–आश्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) दर्ता गराउँदा लिने भनेर बैंकको वेबसाइटमा राखेको सूची हटाएको छ ।

laxmi

बिजखबरले मंगलबार बैंकले सि–आश्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) मार्फत लगानीकर्ताबाट ५० रुपैयाँ असुली गर्ने गरेको समाचार प्रकाशित गरेपछि बैंकले उक्त सूची आफ्नो साईटबाट हटाएको हो ।

कृषि विकास बैंकले आईपीओमा आवेदन दिनको लागि बैंकबाट लिने सिआरएन नम्बर रष्ट्रिसन गराउँदा ५० रुपैयाँसम्म शुल्क लिने गरेको भनेर सिडिएसी एण्ड क्लियरिङ हाउसमा उजुरी परेको थियो ।

बैंकले पनि आफ्नो साइटमा नै उक्त शुल्क लिने खुलाएको थियो । तर, नेपाल धितोपत्र बोर्डले उक्त नम्बर रजिष्ट्रेसन गराउँदा शुल्क लिन पाउने वा नपाउने भनेर कुनै व्यवस्था गरेको छैन ।

डिम्याट खातासंगै लिङ्क हुने भएको कारण सिआरएनका लागि भनेर छुृट्टै शुल्क लिन नहुँने सिडिएससीका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL