काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले दिन दहाडै एनएमबी बैंकमा लुटपाट गरेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।…