काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सार्वजनिक बिदाको दिन सबै जसो स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा बन्द हुने भएकाले आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई आग्रह गरिएको बताए । उनका अनुसार अस्पताललाई आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक र एम्बुलेन्स…