काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको हो । गएको शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो…