Logo

अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित

अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित



काठमाडौँ । अष्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो ।

laxmi

भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अष्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । अष्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको थियो । अष्ट्रेलियाले योसहित छैठौं पटक विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।

त्यस्तै यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्रो पटक उपविजेता बनेको छ । यसअघि २००३ को विश्वकपमा भारत उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL