काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा महाधिवेशन मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ । एनआरएनएले सोमबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । प्रवक्ता सोम सापकोटाले निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले बिहान विश्व सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराए…