Logo

विद्युत प्राधिकरणले झुठो बिलको पैसा हामीलाई तिर्न लगाउँदैछ : उद्योगी व्यवसायी

विद्युत प्राधिकरणले झुठो बिलको पैसा हामीलाई तिर्न लगाउँदैछ : उद्योगी व्यवसायी



काठमाडौं । उद्योगी व्यवसायीले नेपाल विद्युत प्राधिकरणले बीना बिलको विद्युत महशुल आफुहरुलाई तिर्न लगाएको आरोप लगाएका छन् । आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै विद्युत महशुल नतिरेका कारण उद्योगमा विद्युत लाईन काटिएका उद्योगी व्यवासायीले प्राधिकरणले अनावश्यक पैसा उद्योगी व्यवसायीबाट अशुल्न लागेको आरोप लगाएका हुन् ।

laxmi

पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुती सार्वजनिक गर्दै अर्घाखाँची सिमेन्टका संचालक पशुपति मुरारकाले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको फाईदाका लागि उद्योगी व्यवसायीलाई पेलिरहेको बताएका छन् । उनी पछिल्लो समय प्राधिकरण आफु फाईदामा रहेको देखाउनकै लागि उद्योगी व्यवसायीसँग प्रयोग नै नगरिएको बिजुलीको बील मागिरहेको बताउँछन् ।

उनले उद्योगी व्यवसायीहरुले बिजुली नचोरेको बताउँदै उनले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले उपलब्ध गराए बील तिर्न तयार रहेको बताएका छन् ।

यस्तै पत्रकार सम्मेलनमा सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले यदि उद्योगी व्यवसायीले लोडसेडिङपछि पनि डेडिकेटेड, ट्रंक लाईनमार्फत बिजुली प्रयोग गरेको भए त्यसको ३ महिनाभित्रै बिल काट्नुपर्ने भएपछि त्यसको बील ३ बर्षपछि काटेर अन्याय गरेको बताए । उनले प्राधिकरणमा जनशक्ति हुँदा हुँदै पनि उद्योगी व्यवसायीले बिजुली प्रयोग गरेको भए समयमै किन बील काटिएन भन्दै प्रश्न गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले कुलमान घिसिङले आफ्नो स्टार्डम बचाउनकै लागि विद्युत प्राधिकरणलाई फाईदामा लिन खोजेको र त्यसैको उपज उद्योगी व्यवसायीले दुःख पाईरहेको बताए । पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाईनमार्फत बिजुली उपयोग गरेर भुक्तानी नदिएको भन्दै भटाभट उद्योगको बिजुली काट्न थालेको छ । जसअनुसार आईतबारसम्म २० बढी उद्योगको बिजुली विच्छेद गरिसकिएको छ ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानलगायतको उपस्थिति थियो । उनीहरुले सरकारले नै पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई साथ नदिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL