काठमाडौं । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको कम्तीमा ३ महिनालाई पुग्ने भण्डारण बनाउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैंठकले आपूर्ति मन्त्रालय र आयल निगमलाई भण्डारण क्षमता बढाउँदै लगी ३ महिनालाई पुग्ने भण्डारण बनाउन निर्देशन दिएको हो । समितिले स्वचालित मूल्य प्रणालीको भावना र कानूनी प्रावधान बमोजिम मूल्य समायोजन…