Logo

२५ करोडको लगानीमा चोभारमा एम्युज्मेन्ट पार्क, पहिलोपटक जुरासिक सफारी र रेन्जरको मज्जा

२५ करोडको लगानीमा चोभारमा एम्युज्मेन्ट पार्क, पहिलोपटक जुरासिक सफारी र रेन्जरको मज्जा


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । चोभारमा हुप्पिल्याण्ड एम्युज्मेन्ट पार्क संचालनमा आउने भएको छ । २५ करोड रुपैयाँको लगानीमा बनेको उक्त पार्क बुधबारबाट संचालनमा आउने छ ।

३ वर्षदेखि ७० वर्ष उमेर समुहका व्यक्तिलाई लक्षित गरी बनाइएको सो पार्कमा आ–आफ्नो इच्छा अनुसारका खेल खेल्न सकिने एम्युज्मेन्ट पार्क निर्माता कम्पनी अल्टिच्यूट इनोभेशन प्रालिका अध्यक्ष जगत बस्नेत बताउँछन् । ‘यहाँ सवै उमेर समुहलाई लक्षित गरी स्वीमिङ पुल तथा अन्य खेलौनाहरु निर्माण गरिएको छ,’ उनले भने, ‘पार्कमा आउने व्यक्तिले आफ्नो चाहना अनुसारका खेल खेल्न सक्नेछन् ।’

swimming-whoopeeland

 

रिङरोडबाट साढे ३ किलोमिटर टाढा चोभारमा अवस्थित उक्त पार्कमा छिरेपछि आनन्दसँग दिन विताउँन सकिने छ । ६० रोपनी जग्गामा फैलिएको एम्युज्मेन्ट पार्कमा जुरासिफ सफारी, रेन्जर ३६० डिग्री, स्वीमिङ, विभिन्न प्रकारका खेलका साथै रेष्टुराँको समेत मज्जा लिन सकिने छ । जहाँ विभिन्न १७ प्रकारका एम्जुमेन्ट राइडका साथै विभिन्न उमेर समुहलाई लक्षित गरी बनाइएको स्वीमिङको मज्जा लिन सकिने छ ।

jagat-basnet-ultitue-innovation (2)
हाल २५ करोड रुपैयाँको लगानीमा संचालनमा ल्याउन लागिएको उक्त पार्कमा आगामी दिनमा लगानी बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ । आफ्नै अनुभव र क्षमतामा डिजाइन गरिएको उक्त पार्कमा अन्तरराष्ट्रिय स्तरका खेल तथा स्वीमिङको मज्जा लिन सकिने छ । हाल कम्पनीमा विदेशी लगानी भित्र्याउन लागिएको र उक्त लगानी आएपछि थप विस्तार गरी उपत्यका वाहिर पनि संचालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

क्यास कार्डबाट कारोवार

हुप्पिल्याण्डले पार्कमा आउने ग्राहकलाई सहज बनाउने उद्देश्य अनुरुप क्यास कार्डको व्यवस्था गरेको छ । साथमा पैसा लिएर गेम तथा स्वीमिङ गर्न जाँदा हराउने तथा भिज्ने सम्भावना हुने भएकाले कम्पनीले क्यास कार्डको व्यवस्था गरेको हो । पहिला नै पैसा जम्मा गरेर कार्ड खरिद गरेपछि सोही कार्डबाट आफ्नो इन्छा अनुसार सामान खरिद गर्न सक्नेछन् । सो कार्डको प्रयोगबाट रेष्टुराँको विल तिर्नुका साथै गिफ्टलगायतका सामग्री खरिद गर्न सकिने छ । यदि कार्डमा आफुले जम्मा गरेको पैसा बचेमा खरिद गरेको सामानको विल सहित अन्तमा पैसा फिर्ता गरिदिने छ ।

whoopee-land-danger

५ लाखको बीमा

पार्कमा खेल्न आउने ग्राहकको सुरक्षाका लागि कम्पनीले बीमाको व्यवस्था गरिदिएको छ । यदि पार्क भित्र आउने ग्राहकलाई कुनै पनि समयमा समस्या आएमा उनीहरुको सुरक्षाको लागि कम्पनीले बीमाको व्यवस्था गरेको हो । ‘हामीले प्रत्येक ग्राहकको ५ लाख रुपैयाँ बरावरको बीमा गरिदिएका छौं,’ बस्नेतले भने, ‘यदि पार्क भित्र छिरेपछि ग्राहकलाई केही भएमा सोही रकमबाट औषधि उपचार गर्न सकिने छ ।’

ranger park_hoopee land

पहिलो पटक ३६० रेन्जर र डाइनोसर पार्क

नेपालमै पहिलो पटक ३६० रेन्जर स्वीङ र डाइनोसर पार्क संचालनमा ल्याएको कम्पनीको दावी छ । हाल कुनै पनि पार्कमा यस्ता खालका खेलौना नभएको र आफुहरुले पहिलो पटक संचालनमा ल्याएको बस्नेतको दावी छ । साथै उक्त पार्कको मुख्य आकर्षणको विन्दु नै रेन्जर र डाइनोसर पार्क रहने संचालकको दावी छ । ३६० रेञ्जरमा परै फन्को घुम्न सकिने छ ।

ranger 360

रेनी सिजनमा ४० प्रतिशत छुट

कम्पनीले वर्षात तथा ओपनिङको अवसर पारेर ग्राहकलाई ४० प्रतिशत छुटको व्यवस्था गरेको छ । वर्षातको समयभरी आउने ग्राहकलाई ४० प्रतिशत छुट दिइने कम्पनीले जानकारी दिएको छ । सामान्य अवस्थामा ठूला व्यक्तिको ८ सय २५ र साना व्यक्तिको ४ सय ७५ टिकट दर तोकेकोमा बर्षातको समयमा ठूला व्यक्तिको ४ सय ९५ र सानाको २ सय ९५ रुपैयाँ मात्र निर्धारण गरेको छ ।

गाउँ विकासका लागि ५ रुपैयाँ

कम्पनीले आफ्नो गाउँलाई पनि विकास गर्ने उद्देश्य अनुरुप प्रत्येक टिकट विक्रीबाट ५ रुपैया छुट्याएको छ । चोभारलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्य अनुरुप एउट टिकट विक्रीबाट ५ रुपैयाँ सोही क्षेत्र विकासको लागि छुट्याएको हो । जसले आफ्नो व्यवसाय मात्र संचालन नभई समग्र गाउँ विकासको लागि सहयोग पुग्ने उनको विश्वास छ ।

whoopeeland-game

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL