काठमाडौं । टेक जायन्ट एप्पल इन्कर्पोरेसनले आफ्नो तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन नेपाली समय अनुसार मंगलबार राति सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमास पुरा हुने जुनको अन्त्यसम्म आम्दानी ५८ खर्ब रुपैयाँ (५३ अर्ब ३० करोड डलर) नाघेको छ । यो आम्दानी एप्पलले तेस्रो त्रैमासका लागि निर्धारण गरेको लक्ष्यभन्दा एक अर्ब डलर…