काठमाडौं । नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । ‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमता विस्तारपछि दैनिक थप १ हजार यात्रुलाई सेवा दिन सकिन्छ…