काठमाडौं । सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा कर निर्धारणको विषयमा देखिएको अन्योलता अन्त्य गर्न अध्ययन समिति गठन गरेको छ । पछिल्लो समय संघ, प्रदेश तथा स्थानीय तहबीच कर निर्धारणको विषयमा दोहोरोपन तथा अन्यौलता देखिएपछि सरकारले अध्ययन समिति गठन गरेको हो । केही समयअघि मात्र मन्त्रिपरिषद्को निर्णयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवको संयोजत्वमा सरकारको आन्तरिक…