काठमाडौं । निजगढ अन्तरराष्ट्रिय विमानस्थल तथा फास्ट ट्रयाक अनुगमनमा गएको टोली आकाशबाटै फर्किएको छ । सोमबार सेनाको हेलिकप्टरबाट स्थलगत अनुगमनका लागि गएका पूर्वप्रधानमन्त्री माधवकुमार नेतृत्वको टोली स्थलगत अनुगमनै नगरि आकाशबाटै फर्किएको हो । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समितिले देशभरको विमानस्थलको अस्थलगत अनुगमन गरी दुई महिना भित्र प्रतिवेदन पेश गर्न नेता नेपालको संयोजकत्वमा असोज १२ गते पाँच…