Logo

एनआईसी एशियाको चमत्कारीक बचत खाता योजना, यस्ता छन सुविधा

एनआईसी एशियाको चमत्कारीक बचत खाता योजना, यस्ता छन सुविधा



काठमाडौं । एनआईसी एशियाले चमत्कारीक बचत खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घरजग्गा कर्जाले ग्राहकबाट लोकप्रियता पाएको भन्दै उक्त नयाँ योजना ल्याएको हो ।

बैंकले शुभ दिपावलीको अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित उक्त बचत खाता संचालनमा ल्याएको जानकारी दिएको छ ।

उक्त बचत खातामा ७ प्रतिशत बार्षिक ब्याजदर, न्युनतम १ हजार रुपैयाँ मौज्दात साथै अनलाईनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने लगाएतका सुविधा रहेका छन ।

साथै बैंकले उक्त् बचत खाता खोलेर न्युनतम बार्षिक मौज्दात १ लाख सम्म भएमा १० ग्राम चाँदीको सिक्का दिने भएको छ ।

साथै खातावालाले न्युनतम बार्षिक २ लाखसम्म मौज्दात गरेमा २५ ग्राम चाँदीको सिक्का दिने बताएको छ । यस्तै ग्राहकले १५ लाख र ३० लाख न्युनतम मौज्दात गरेमा क्रमशः साढे २ ग्रामको सुनको सिक्का र ५ ग्रामको सुनको सिक्का पाउने भएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL