Logo

एनआईसी एशिया र विद्युत उपभोक्ता संघबीच सम्झौता, सामुदायिक विद्युत वितरक संस्थानमा बैंकिङ स्रोत पुर्याइने

एनआईसी एशिया र विद्युत उपभोक्ता संघबीच सम्झौता, सामुदायिक विद्युत वितरक संस्थानमा बैंकिङ स्रोत पुर्याइने



काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका आफ्ना २ सय ६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिङ स्रोत उपलब्ध गराउने भएको छ । गरेको एक सम्झौतामा उक्त सेवा दिने विषयमा हस्ताक्षर भएको हो ।

वित्तिय क्षमता विकासको निमित्त आईतबार उक्त सम्झौता भएको छ ।

उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपालका अध्यक्ष नारायण ज्ञवाली र एनआईसि एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार बैंकले आफ्ना हरेक शाखा कार्यालयको माध्यमबाट उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ ।

त्यस्तै समुदायको बंैकिंग शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल २ सय ६५ शाखा कार्यालयहरु, २ सय ६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गदैं अएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL